काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण तालिम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आज घण्टी बजाएर उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरिसकेका छन् । अस्वस्थ र कार्यव्यस्तताका कारण पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने अभिमुखीकरणमा सहभागी भएका…