दाताको सहयोग घटे पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्छ : मन्त्री पौडेल

काठमाडौँ, २० चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा दाताको बजेट कटौती भए पनि अनिवार्य दायित्व सरकारले निर्वाह गर्ने बताएका छन् । मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रहरूसँग अन्तरक्रियाका क्रममा मंगलबार मन्त्री पौडेलले आवश्यक विषयमा सरकारले विकल्प दिने प्रतिबद्धता जनाएका हुन् । उनले भने, “दातृ निकायहरूबाट बजेट कटौती भएको समस्या हाम्रा आमसमस्या हुन् । तर, हामीले भएका स्रोतको…