काठमाडौँ, १३ चैत । द्वन्द्वपीडित, मानवअधिकारकर्मी तथा अन्य सरोकारवालाबीच यतिखेर एउटा साझा चासो छ– लामो समयदेखि अलमलमा परेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया कसरी अघि बढ्छ ? सरकारले पुरानै सिफारिस समिति ब्युँताएको छ तर कार्यविधि पुरानै हुन्छ कि नयाँ प्रक्रियामा जाने भन्नेमा समिति नै अन्योलमा छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश…