पुँजीपतिहरूले प्राकृतिक स्रोत साधन कब्जा गरे: उपमहासचिव शर्मा

काठमाडौँ, १४ माघ । नेकपा(माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताएका छन् । नेकपाले सोमबार काठमाडौँमा सुरु गरेको ‘सी व्यापार केन्द्र’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । शर्माले हरेक व्यक्तिले गर्ने क्रियाकलाप, किसान, बुद्धिजीवी चाहे जोसुकै व्यक्तिले पनि देशको अर्थतन्त्रलाई बलियो बनाउन…