कर्मचारीका लागि साइबर सुरक्षासम्बन्धी एडभाइजरी जारी

काठमाडौँ, १३ माघ । सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो । सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको…