काठमाडौँ, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले लगानी बोर्ड र उद्योग विभाग गाभेर पुनःसंरचना गर्न सरकारलाई सुझाएको छ । एउटै प्रकृतिका धेरै निकाय हुँदा लगानीकर्तालाई समस्या भएको, एकद्वार नीति पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोलगायत कारण स्वदेशी तथा विदेशी लगानी भित्रिन नसकेको महासंघको निष्कर्ष छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव दिँदै महासंघले…