भारतबाट बिजुली कम आएपछि कुलेखानी २४सै घण्टा सञ्चालन

हेटौंडा, ९ चैत । भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो । कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर पानीको…