काठमाडौँ, २६ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता गर्ने बेला नरहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहेका खनालले अहिले पार्टी पुनर्गठन र रूपान्तरण समय रहेको बताएका छन् । उनले भनेका छन्, “सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ…