भक्तपुर, १३ असोज । भ्रष्टाचारविरोधी अभियन्ता हेम पाठकले जेनजीले भदौ २३ र २४ मा गरेको शान्तिपूर्ण आन्दोलनमा निहत्था, कापी–कलम बोकेर आएका युवाहरूमाथि गोली चलाउन आदेश दिने जो–सुकैलाई तत्काल ज्यानमुद्दामा कारबाही गर्न सरकारसँग माग गरेका छन् । आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पाठकले बालबालिकाको हत्या र दमनमा संलग्नहरूलाई कारबाही गर्न सरकारले…