काठमाडौँ, १८ माघ । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकका व्यवस्थालाई लिएर सार्वजनिक आलोचना सुरु भएको छ । सत्तारूढ दलकै कतिपय सांसद र नेताले विधेयकका केही प्रावधानमा प्रश्न उठाइरहेका छन् । सरोकारवाला संघसंस्थाले पनि विधेयकलाई अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको भन्दै फिर्ता लिन वा सच्याउन माग गरेका छन् । नेपाल पत्रकार महासंघले विधेयकका प्रस्तावित व्यवस्थाको आलोचना गरेको छ ।…