काठमाडौँ, १ माघ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को ‘फ्रेमवर्क सम्झौता’ मा ऋण शब्द नभएको बताएकी छन् । उनले गहन अध्ययन गरेर सम्झौताको मस्यौदा तयार पारिएको र चीनबाट विकास सहायता लिने व्यवस्था गरिएको तर ऋण शब्द कतै पनि उल्लेख नगरिएको बताएकी हुन् । प्रधानमन्त्री ओली…