निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाउन आयोगको आग्रह

काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानवअधिकार आयोगले देशभर अनुगमन टोली खटाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अपिल समेत गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका तथा अन्य केही जिल्लाहरूमा निर्वाचन अनुगमनका…