काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा सोमबार सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव…