उपनिर्वाचनमा दलहरूको ‘मध्यावधि परीक्षण’

काठमाडौँ, १२ मंसिर  । राजनीतिक दलहरूले स्थानीय तह उपनिर्वाचनलाई आफ्नो मध्यावधि जनमत परीक्षणका रूपमा लिएका छन् । स्थानीय तहको ५ वर्षे कार्यकालको आधा अवधि पूरा भएको बेला आगामी आइतबार स्थानीय तहका करिब साढे तीन दर्जनमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको नतिजाले आगामी निर्वाचनसम्मलाई प्रभाव पार्न सक्ने रहेकाले वडा तहको चुनावमा पनि दलहरू शक्ति केन्द्रित गरेर सक्रियतापूर्वक होमिएका छन् । …