कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्‍यो

काठमाडौँ, २२ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ ।  आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका…