काठमाडौँ, १६ कार्तिक । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ । २०८० फागुन ३ गते बसेको आयोगको बैठकले १९ वटा राजनीतिक दललाई नाम परिवर्तन गर्न भन्दै निर्देशन दिएको थियो…