काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेन्डामा सत्तारूढ कांग्रेस र एमालेबीच अझै सहमति जुट्न सकेको छैन । बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्ने कि नगर्ने, बीआरआईअन्तर्गत चीनबाट अनुदान मात्रै लिने कि ऋण पनि लिने भन्नेमा दुई ठूला दल समझदारी बनाउने गृहकार्यमा छन् । सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा बिहीबारको मन्त्रिपरिषद्को बैठकले न प्रधानमन्त्रीको…