काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आजो प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले एलपी ग्याँस सिलिन्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘एलपी ग्याँसका धेरै प्रकारका सिलिन्डरहरू बजारमा छन् । तर कहिले कहिले कम्पनीअनुसार ग्याँस…