माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड

भक्तपुर, १६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा जनताको पक्षमा भए गरेका कामहरुबारे जानकारी दिन घरदैलोमा जाने बताए ।…