इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्छ : रवि लामिछाने

काठमाडौँ, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै पुराना राजनीतिक दल र तिनका नेताहरूमाथि कडा प्रहार गरेका छन् । आज बिहान झापाको विर्तामोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताए । उनले भने, ‘म त्यस्तो मान्छेसँग उभिएको छु,…