काठमाडौँ, १६ असोज । नेकपा (एकीकृत समाजवादी)ले सांसदहरूको १५ दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने भएको छ । पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले असोज ११ र १२ गते परेको भारी वर्षाका कारण गएको बाढीपहिरोको प्रकोपमा राहत दिने निर्णय भएको जानकारी दिए । बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएको छ । सत्तारूढ नेपाली कांग्रेस…