काठमाडौँ, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को शनिवार शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार…