काठमाडौँ, २ कार्तिक । उच्च अदालत पाटनले गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग वि.सं.२०६० मा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाडौं महानगरसँग सम्झौता गरेको थियो । यो सम्झौतापछि काठमाडौं…