काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र पुनस्र्थापना कार्यमा विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको कामलाई द्रुत गति प्रदान गर्न निर्देशन दिनुभएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सोमबार सम्पन्न १७ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले विपत्का समयमा उद्धार र राहतका लागि गृह मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक तयारी…