काठमाडौँ, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढीकरण बनाउँदै देशलाई विकास र समृद्धिको मार्गमा लैजानुपर्नेमा जोड दिएका छन् । आज धनगढीमा आयोजित संविधान दिवस तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले संविधान जारी भएसँगै मुलुक दिगो शान्ति, विकास र समृद्धिको मार्ग गएको बताए । संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत…