६ बुँदे सहमतिसँगै रौतहटमा साम्प्रदायिक तनाव सामान्य

रौतहट, ९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा भएको साम्प्रदायिक झडपपछि जिल्ला प्रशासनको पहलमा दुवै पक्षबिच ६ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको सभाकक्षमा भएको सहमतिसँगै क्षेत्रमा उत्पन्न तनाव सामान्य बन्दै गएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुसालको उपस्थितिमा शुक्रबार भएको वार्ता भएको थियो ।…