काठमाडौँ, ९ असोज । सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो । जोशीलाई संगठित अपराध र ठगीमा थुनामा…