दाङ, ८ फागुन । तुलसीपुरमा नेकपा (एमाले) को झण्डा जलाइएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङले औपचारिक प्रतिक्रिया दिएको छ । जिल्ला कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका सभापति रवि लामिछानेको कार्यक्रमपछि देखिएको उत्तेजित गतिविधि पार्टीको संगठित निर्णय वा निर्देशन नभएको स्पष्ट पार्दै रास्वपाले कुनै पनि दलको झण्डा वा प्रतीकमाथि आक्रमण गर्ने कार्यलाई समर्थन नगर्ने…