काठमाडौँ, २७ असार । पूर्वअर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारका केहि मन्त्रीहरुमा विनयशीलता फिटिक्कै नदेखिएको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ । हिजो र आज गरी तीन जना नागरिकले आत्मदाहको प्रयास गरेपछि उहाँले जनतामा आइरहेको नैरस्यताप्रति सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो । पुराना पार्टीहरु खराव भएको भन्दै नयाँ पार्टीलाई उल्लेख्य जनमत दिएको प्रति सचेत हुन सरकारलाई आग्रह…