काठमाडौँ, १७ भदौ । कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्तावलाई भाषा परिमार्जन गर्दै अनुमोदन गरेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको नेताहरूको बहिर्गमन नीति (एक्जिट पोलिसी) लाई भने संविधान संशोधनकै बेलामा छलफल अघि बढाउने गरी हाललाई अनिर्णीत अवस्थामा राखिएको छ । साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच…