काठमाडौँ, १५ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राज्य र पुस्तकालयबीच सम्बन्ध स्थापित गर्न पुस्तकालय ऐन बनाउन आवश्यक रहेको बताएकी छन् । आज १७ औँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा अझै पनि २०६४ सालमा बनेको पुस्तकालय नीति कार्यान्वयनमा रहेको उल्लेख गर्दै उक्त नीतिलाई आजको सन्दर्भमा परिमार्जन गरेर लागु…