भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झाविरुद्ध चार कसुरमा मुद्दा

काठमाडौँ, ३२ साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधका बिचौलिया बेचन झाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ कसुरमा मुद्दा दायर भएको छ । प्रहरी परिसर काठमाडौंको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध राज्यविरुद्धको अपराधसहित ठगी, किर्ते र संगठित अपराधको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  शरणार्थी प्रकरणमै २०८०…