काठमाडौँ, १ भदौ । आइतबार सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्ने भएको छ । दिउँसो ११ : १५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोश्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ ।