काठमाडौँ, २९ साउन । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरे । उनले भने, ‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको…