संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : ओली

काठमाडौँ, २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस-एमालेबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताएका हुन् ।  उनले भने, “कसैको नेतृत्वमा आयोग बनेको छैन ।…