स्वास्थ्य मन्त्रालयद्वारा बजेट भएका परियोजनामा मात्रै अस्थायी कर्मचारी राख्न निर्देशन 

काठमाडौँ, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेटबाट स्रोत सुनिश्चित भएका निकायमा मात्र अस्थायी दरबन्दीमा कर्मचारी राख्न निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो मातहतका सबै निकायलाई अस्थायी दरबन्दी सिर्जना गर्ने सम्बन्धमा यस्तो निर्देशन दिएको हो । सकेसम्म थप दरबन्दी प्रस्ताव नगर्न र गर्नैपरे कार्यबोझ र स्रोत सुनिश्चितताको पुष्टि गर्नुपर्ने मन्त्रालयले बताएको छ ।  अस्थायी संगठन…