मकवानपुर, २३ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै…