प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । आज बिहान ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन तथा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिइन् । प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख…