सुनसरी, ३ फागुन । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगबती चौधरीले आफ्नो सक्रियता बढाउनु भएको छ । निवर्तमान सांसद समेत रहनु भएकी भगबती चौधरीका पक्षमा जनलहर बढेसँगै उहाँ यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताविच सल्लाह सुझाबहरु संकलनमा ब्यस्त हुनुहुन्छ ।…