राजदूत सिफारिसमा कमजोरी भए सच्याइन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत सिफारिसमा कमजोरी भए सच्याइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी प्रश्नको जवाफ दिने क्रममा उनले कमीकमजोरी रहेको भए राजदूत नियुक्ति सिफारिस सच्याइने बताएका हुन् । अहिले पनि मेरिटकै आधारमा राजदूत नियुक्ति होस् भन्ने आफूले चाहेको उनले बताए । दाहालले भने, ‘राजदूत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा…