काठमाडौँ, २८ माघ । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संस्थाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्ने बताएकी छिन् ।आज काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जुनसुकै कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने बताएकी हुन् ।उनले भनिन्, “भ्रष्टाचार नियन्त्रणका…