काठमाडौँ, १२ जेठ । गतवर्षको असार पहिलो साता । कालिकाकोट गाउँपालिका–५, स्याङ्जाका शशांक बस्याल आफ्नै ४ पांग्रे सवारी चलाएर घर जाँदै थिए । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित वनवाटिका क्षेत्रमा उनको सवारीले ठक्कर दिँदा ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भयो । त्यसबेला उनीसँग दुईपांग्रे सवारीको मात्रै चालक अनुमतिपत्र (लाइसेन्स) थियो । बस्याल तत्काल पक्राउ परे । लाइसेन्स नभएका व्यक्तिले…