सुर्खेत, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउनुहुने छ । कँडेलले आजै पदभार ग्रहण गर्नुहुने जनाइएको छ । कँडेल नेकपा (एमाले)का सभामुखसहित १०, नेकपा (माओवादी…