कांग्रेसले प्रदेशगत रूपमा खटायो नेताहरू

काठमाडौँ, २० माघ । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन नेताहरूलाई खटाएको हो । अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने…