काठमाडौँ, १३ चैत । ग्वार्को फ्लाइओभर निर्माणको काम तोकिएको समयमा नसकिएपछि असारसम्म म्याद थप्ने तयारी गरिएको छ । निर्माणको काम ०८० फागुन १२ भित्र सक्नुपर्ने हो । तर निर्माण थालेको दुई वर्षमा प्रगति ५० प्रतिशत मात्र छ । ठेक्का लगाउने निकायले कार्यादेश दिएको मितिबाट समयावधि गणना सुरु हुन्छ । यसअनुसार निर्माणका लागि ०७८ फागुनमा कार्यादेश दिइएको थियो । उक्त समयभित्र…