काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताएका छन् । आज ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । उनले भने, “राज्यको प्राथमिकता र…