सुर्खेत, १० फागुन । भूकम्पले घर भत्किएको चार महिनामा समेत ओत बनाउन नसकेर अलपत्र पीडितहरूमध्ये चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका हुन् । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण अधिकांश…