रास्वपाद्वारा पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ, १० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले परिमार्जन, संशोधन र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदल गठन गरिएको…