काठमाडौँ, २६ माघ । नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाली समकक्षी …