काठमाडौँ, ३ फागुन । सौर्य ऊर्जा उत्पादकहरूले सौर्य आयोजनाबाट उत्पादित बिजुलीको खरिद सम्झौता (पीपीए) गर्ने विद्युत् प्राधिकरणको निर्णय स्वागत गरेका छन् । सौर्य ऊर्जा उत्पादकहरूको संस्था (सोपान)ले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणको बोर्ड बैठकले गरेको निर्णयको स्वागत गरेको हो । सोपानले भनेको छ, ‘सौर्य ऊर्जाको महत्त्व बुझेर सोलार आयोजनाको पीपीए खुलाउन लागेको ब्यहोरा जानकारीमा आएकाले…